Online Nepal शनिबार, बैशाख ८ २०८१

पिकनिक गएका दुई युवतीको डुबेर मृत्यु

पिकनिक गएका दुई युवतीको डुबेर मृत्यु


मध्यान्तर
  • बुधबार, जेष्ठ १० २०८०

  • काठमाडौँ । पौडी खेल्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको छ।

    राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो। डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाटमा वनभोज खान गएका उनीहरूको मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

    उनीहरू ६ जनाको समूहमा वनभोज गएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

    प्रतिक्रिया
    थप समाचार