Online Nepal बिहिबार, चैत्र १५ २०८०

नेपालमा ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

नेपालमा ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी


मध्यान्तर
  • बुधबार, जेष्ठ १० २०८०

  • काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरू ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको छ ।

    प्रयोगकर्ताहरूलाई सुपथ मूल्यमा नवीनतम प्रविधियुक्त एवम् फ्ल्यागशिप फिचर भएका स्मार्टफोन उपलब्ध गराउँदै आएकोले रियलमी नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक हुन सफल भएको छ ।

    आन्तरिक स्रोतअनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१५ सेटहरू मात्र मर्मतका लागि आएका थिए, जसले रियलमीका स्मार्टफोनहरूको गुणस्तरतालाई प्रमाणित गरेको छ ।

    २०२२ मा रियलमीको रियलमी जीटी २ प्रो, रियलमी जीटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो , रियलमी ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राईम र रियलमी नार्जो ५०ए प्राईमसहित कुल १४ ओटा नयाँ स्मार्टफोन मोडलहरू बजारमा आएका थिए । त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरू रियलमी १० प्रों ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ । यी फोनहरू उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए । यी सबै स्मार्टफोन मोडलहरू ग्राहकहरूले निकै रुचाएका थिए । यसले निरन्तर रूपमा उच्च गुणस्तरका स्मार्टफोनहरू उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ ।

    र यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरू सार्वजनिक गर्दैछ जसले गर्दा झन धेरै उपभोक्ताहरूले भ्यालु फर मनि स्मार्टफोनहरू प्रयोग गर्न पाउनेछन् । वर्षको अन्त्य सम्ममा ग्राहकहरूले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरू अपेक्षा गर्न सक्नेछन् ।

    आफ्ना ग्राहकहरूले छिटो–छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नको लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

    यसबारे रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने,“ रियलमी ब्रान्ड विश्वव्यापी रूपमै उच्च गुणस्तरीय स्मार्टफोनहरू उत्पादन गर्न प्रतिबद्ध छ । नेपाली ग्राहकहरूको माया र विश्वास पाउनु र उहाँहरूको गो–टु स्मार्टफोन ब्रान्ड हुन पाउँदा हामीलाई गर्व लागेको छ । हामी हाम्रा हरेक काम ग्राहक वर्गलाई ध्यानमा राखेर गर्दछौँ र उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्नु भनेको व्यापार राम्रो हुनु मात्र नभएर हाम्रो कम्पनीको मुल मान्यता पनि रहेको छ ।”

    शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भने, “हामी ग्राहक वर्गलाई प्रदान गर्ने उत्पादन र सेवामा उच्चतम गुणस्तर कायम राख्न हरदम प्रतिबद्ध रहनेछौँ र उहाँहरूको विश्वास जित्न र कायम राख्न कडा मेहेनत गरिरहनेछौं । ”

    रियलमीले नेपालमा एक मजबुत ग्राहक सेवा पूर्वाधार बनाएको छ, जसमा आधिकारिक सर्भिस सेन्टरहरूका साथ साथै देशभरका ग्राहकहरूलाई चुस्त र छरितो सेवा प्रदान गर्न भरपर्दा विज्ञहरूको नेटवर्क समावेश छ । यससँगै रियलमीमा २४ सै घण्टा उपलब्ध रहने ग्राहक सेवा टोली पनि रहेको छ जसमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो समस्याहरू समाधान गर्न सक्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार