Online Nepal बिहिबार, बैशाख १३ २०८१

नेपाल टेलिकमले भन्यो– विज्ञापन खुलेको छैन, गलत सूचनातर्फ नलाग्नुहोला

नेपाल टेलिकमले भन्यो– विज्ञापन खुलेको छैन, गलत सूचनातर्फ नलाग्नुहोला


मध्यान्तर
  • बुधबार, जेष्ठ १० २०८०

  • काठमाडौं । नेपाल टेलिकमले पछिल्ला दिनहरूमा कम्पनीमा विज्ञापन खुलेको भन्दै गलत सूचना प्रवाह भइरहेको विषयमा ध्यानाकर्षण भएको बताएको छ ।

    बुधबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै फेसबुक ग्रुप, म्यासेन्जर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत फैलिरहेका सूचनाको पछि नलाग्न आग्रह गरेको हो ।

    यसरी प्रकाशित भइरहेका भ्रामक र गलत सूचनामा राखिएको लिंकबाट प्रयोगकर्ताको मोबाइल ह्याक हुने तथा जोखिमपूर्ण मालवेयरहरू मोबाइलमा छिराउने जस्ता गतिविधि हुने गर्छन् ।

    कम्पनीले भनेको छ, “केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरूमा काम गर्न विज्ञापन खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

    प्रतिक्रिया
    थप समाचार