Online Nepal बिहिबार, बैशाख १३ २०८१

काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो गाडी भाडा

काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो गाडी भाडा


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • प्रतिकात्मक तस्बिर ।

    काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

    श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा सूचना प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको छ । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

    अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । उपत्यकाबाहिर तर बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा दर ४.८ प्रतिशत घटेको छ । प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    थप समाचार