Online Nepal मंगलबार, बैशाख ११ २०८१

खुकुरी प्रहार गरी संखुवासभामा युवतीको हत्या

खुकुरी प्रहार गरी संखुवासभामा युवतीको हत्या


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । संखुवासभाको खादबार नगरपलिका –१, घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ मा बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् ।
    गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

    युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

    घटनाबारे अनुसान्धान भइरहेको प्रहरुलिे जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार