Online Nepal बिहिबार, चैत्र १५ २०८०

भारतको ओडिशा राज्यमा रेल दुर्घटनामा परी २३७ यात्रुको मृत्यु, ९०० भन्दा बढी यात्रु घाइते

भारतको ओडिशा राज्यमा रेल दुर्घटनामा परी २३७ यात्रुको मृत्यु, ९०० भन्दा बढी यात्रु घाइते


मध्यान्तर
  • शनिबार, जेष्ठ २० २०८०

  • काठमाडौं । भारतको ओडिशा राज्यमा शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २३७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसीले जनाएको छ ।

    हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

    भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

    त्यस्तै, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् ।

    भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार