Online Nepal शुक्रबार, बैशाख ७ २०८१

काठमाडौंका बालबालिकामा देखियो दादुरा संक्रमण

काठमाडौंका बालबालिकामा देखियो दादुरा संक्रमण


मध्यान्तर
  • बिहिबार, जेष्ठ २५ २०८०

  • काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार बालबालिकामा दादुरा रोग देखिएको छ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ।नगरपालिकाको वडा(९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।

    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहाँबाट ल्याइएका पाँच नमुनामध्ये चारवटामा दादुरा पुष्टि भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका एक व्यक्त्तीले बताए ।

    गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा ५४ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँचजनाको नमुना जाँच गर्दा चार बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार