Online Nepal मंगलबार, बैशाख ४ २०८१

विश्वकप छनोटका लागि दक्षिण अफ्रिका उडे प्रशिक्षक देसाई

विश्वकप छनोटका लागि दक्षिण अफ्रिका उडे प्रशिक्षक देसाई


मध्यान्तर
  • बिहिबार, जेष्ठ २५ २०८०

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाइ बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ । बिहीबार नै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

    जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ । १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए ।

    दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार