Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नबिल बैंक र ल्याण्डमार्क होटल बिच छुटको लागि सम्झौता

नबिल बैंक र ल्याण्डमार्क होटल बिच छुटको लागि सम्झौता


मध्यान्तर
  • शुक्रबार, जेष्ठ २६ २०८०

  • काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।

    उक्त सम्झौता अन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकबर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । हाल सम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार