Online Nepal बिहिबार, बैशाख १३ २०८१

धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमान्–श्रीमतीको हत्या प्रयास

धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमान्–श्रीमतीको हत्या प्रयास


मध्यान्तर
  • आइतबार, जेष्ठ २८ २०८०

  • काठमाडौं । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमान्–श्रीमतीको हत्या प्रयास भएको छ ।

    मिथिला विहारी नगरपालिका ६ बिर्सियाका ३५ वर्षीय दिनकर यादव र उनका श्रीमती ममता यादवको हत्या प्रयास भएको हो । दिनकरको गर्दन र उनकी श्रीमती ममताको दायाँ हातमा धारिलो हतियार प्रहार गरिएको छ ।

    रगत अत्यधिक बगेकाले दिनकरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको शरीर रगतले भिजेको देखिन्छ । उनी दुवै जनालाई उपचारका लागि अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

    घरमै भएको बेला उनीहरूमाथि आक्रमण भएको र आक्रमण कसले गरेको विषयमा थाहा नभएको उनीहरूलाई उपचारका लागि अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार