Online Nepal शुक्रबार, बैशाख २१ २०८१

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क


मध्यान्तर
  • बुधबार, असार ६ २०८०

  • काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् ।

    दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने हुन्छ । यामाहा ट्याक्स रिल्याक्सले ग्राहकहरूका अन्य आर्थिक बोझका चिन्तालाई हटाउन यो अफर ल्याएको जनाएको छ ।
    यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने,यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ । यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् । यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।

    यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार