Online Nepal शुक्रबार, बैशाख २१ २०८१

सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो


मध्यान्तर
  • बुधबार, साउन ३१ २०८०

  • काठमाडौँ । सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढेको छ ।

    यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालबाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो ।

    विभागले सार्वजनिक गरेको सूचना अनुसार आजैबाट लागू हुने गरी यात्रुबाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ ।

    पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म सवारी भाडा बढेको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार