Online Nepal शनिबार, जेष्ठ ५ २०८१

असोज ४ गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने

असोज ४ गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने


मध्यान्तर
  • बुधबार, भाद्र २७ २०७५

  • काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज पहिलो साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना गर्ने भएको छ । एक्स्पो असोज ४ देखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

    संघले स्वदेशी तथा विदेशी ब्राण्डका एक सय भन्दाबढी कम्पनीको सहभागीतामा एक्स्पो गर्न लागेको हो । एक्स्पोमा ४० बढी स्टल रहने आयोजकले जनाएको छ ।

    एक्स्पोमा चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम ल्याएको छ । मेला अवलोकनकर्तालाई लक्की ड्र मार्फत आर्कषक उपहार वितरण गरिने आयोजकको योजना छ ।
    प्रदर्शनी स्थलमै वास्तुशास्त्र र इण्टेरियर डिजाइन सम्बन्धी परामर्श प्रदान गरिने नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राजेश कुमार अग्रवालले बताए ।

    फर्नेक्स २०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ । एक्स्पोमा किचन, बेडरूम, बाथरूम ,आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनी गर्ने तयारी छ ।

    कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजार पनि राखिने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार