Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नाडा अटो शोमा २० अर्ब बराबरको कारोबार हुन्छ : अध्यक्ष थापा

नाडा अटो शोमा २० अर्ब बराबरको कारोबार हुन्छ : अध्यक्ष थापा


मध्यान्तर
  • सोमबार, भाद्र ११ २०८०

  • काठमाडौं । नाडा अटो शो २०२३ को टिकट बुकिङ खुल्ला गरिएको छ ।

    आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्स्पो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोमा आकर्षक विद्युतीय तथा कर्मसियल भेइकलको प्रदर्शनी हुने नाडाले बताएको छ । आज पत्रकार सम्मेलन गर्दै नाडाले आगामि भदौ २६ गतेदेखि आयोजना हुन लागेको १५ औं अटो शोको बारेमा जानकारी दिएको हो ।

    टिकट खल्ती एपबाट अनलाइन मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ । टिकटको सर्वसाधारणलाई २ सय रुपैँया र विद्यार्थीलाई १५० रुपैँया मूल्य निर्धारण गरिएको आयोजकले जनाएको छ ।

    नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव  थापाले व्यवसायीहरूले जोखिम मोलेल अटोमोवाइल प्रदर्शनी आयोजना गर्न लागेको बताए । ‘अवस्था नाजुक भए पनि अटो बजारलाइ भाइब्रेट गराउने उद्देश्यले जोखिम मोलेर प्रदर्शनी आयोजना गर्न लागेका छौं’, थापाले भने ।

    विगतका वर्षहरुमा कुल व्यापारको ४० प्रतिशत प्रदर्शनीबाट र बाँकी बिक्रि हुने गरेको थियो भने बाँकी ६० प्रतिशत अरू १० महिनामा गाडी बिक्री हुने गरेको थापाले बताए । प्रदर्शनीको घोषणा गर्नासाथ अनपेक्षित हिसाबले बुकिङ आएको पनि थापाले बताए । आगामी नाडा अटो शोमा करि २० अर्ब बराबरको कारोबार हुने अध्यक्ष थापाले बताए ।

    ‘बुकिङ ओपन हुँदा हामीमालाई स्टल बुकिङ नै नहुने हो कि भन्ने चिन्ता थियो ,तर अनुमान भन्दा धेरै राम्रो बुकिङ आएको छ’, थापाले भने । उनले भृकुटी मण्डप सानो र गाडी पार्किङको लागि असहज भएको हुँदा धेरै स्टिल राख्न नसकिएको बताए ।

    नाडाका सचिव एवम अटो शो संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लकहरु रहेको जानकारी दिए ।

    प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने बरालले बताए ।

    प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सीयल भेइकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने बरालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार