Online Nepal शुक्रबार, बैशाख २१ २०८१

हुण्डाईको चाडपर्व अफर : गाडी खरिदमा ७ लाखसम्म छुट, बम्पर पुरस्कारमा एसयुभी

हुण्डाईको चाडपर्व अफर : गाडी खरिदमा ७ लाखसम्म छुट, बम्पर पुरस्कारमा एसयुभी


मध्यान्तर
  • बिहिबार, भाद्र २१ २०८०

  • काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई फेस्टिभ डिलाइट २०८०’ नामक योजना ल्याएको छ ।

    दसैँतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन विगतका वर्षहरुमा झैं गाडीका साथै अन्य आकर्षक उपहारको योजना ल्याइएको बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको हो।कम्पनीका अनुसार यसपटकको योजनामा एक जना भाग्यमानीले हुन्डाइ एसयुभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्। ‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउने छन्। साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

    बिहीबारदेखि सुरु भएको ‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ योजनाको फाइदा नाडा अटो शोमा हुन्डाईका गाडी खरिद गर्नेहरुले पनि पाउने छन्। नाडा अटो शो-२०२३ मा ग्राहकले हुन्डाईको बी-५ स्टल भ्रमण गर्न सक्ने कम्नीले जनाएको छ।
    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मुलुकभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत हुन्डाईका ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ।

    हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ। यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुने जनाइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार