Online Nepal शुक्रबार, बैशाख २१ २०८१

भक्तपुरको कौशलटारमा खुल्यो नेपालकै अत्याधुनिक यामाहाको ब्लु स्क्वायर शोरुम

भक्तपुरको कौशलटारमा खुल्यो नेपालकै अत्याधुनिक यामाहाको ब्लु स्क्वायर शोरुम


मध्यान्तर
  • मंगलबार, भाद्र २६ २०८०

  • काठमाडौँ । भक्तपुरको कौशलटारमा नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको यामाहा शोरुम सञ्चालनमा आएको छ। नेपालका लागि यामाहा ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले सो शोरुम संचालनमा ल्याएको हो।

    आज भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका कौशलटारमा अवस्थित सो शोरुमको उद्घाटन एमएडव्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का सञ्चालक तथा संचारकर्मी सुरज सिंह ठकुरी र हिमालयन रोडिजकी ग्यांग लिडर तथा अभिनेत्री प्रियंका कार्कीले संयुक्त रूपमा गरेका थिए।

    यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लु स्क्वायरलाई अवलम्बन गरी उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ग्लोबल मोटर स्पेट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिइएको छ ।

    यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको “Global Motor Sport Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ । Blue Square शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र “Personalized One To One Service” प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै “Digital Technology” मार्फत “QR Code” स्क्यान गरेर Brochure हरु प्राप्त गर्न सक्नेछन् ।

    सो समारोहमा यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, “हामी कौशलटार भक्तपुरमा हाम्रो यामाहा ब्लु स्क्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौँ । यो पनि सबैभन्दा ठूलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले बाइक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल तथा स्कुटरको एक्सेसरिज उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ।

    उक्त कार्यक्रममा द व्हिल्स प्रा लि, भक्तपुरका म्यानेजर सुरेश कवांले कम्पनीले आज उद्घाटन गरेको सो ब्लु स्क्वायर शोरुमका बारेमा जानकारी दिदै आफ्नो मन्तव्य राखेका थिए।

    प्रतिक्रिया
    थप समाचार