Online Nepal आइतबार, जेष्ठ ६ २०८१

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा


मध्यान्तर
  • बिहिबार, असोज २५ २०८०

  • काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।

    चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाएका छन् ।
    चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए । पटक पटक सहमति भए पनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनीहरूको भनाई छ ।

     

    प्रतिक्रिया
    थप समाचार