Online Nepal आइतबार, जेष्ठ ६ २०८१

इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल


मध्यान्तर
  • मंगलबार, असोज ३० २०८०

  • काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।

    सोमवार कायरोमा उनीहरूले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् ।

    गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्वपूर्ण हुने बताए ।

    नागरिकलाई घेराबन्दी, भोकमरी र विस्थापन जस्ता सजाय नदिन आग्रह समेत गरे ।

    फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।

    प्रतिक्रिया
    थप समाचार