Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार , आइसियूबाट जनरल वार्डमा सारियो

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार , आइसियूबाट जनरल वार्डमा सारियो


मध्यान्तर
  • शुक्रबार, कार्तिक ३ २०८०

  • काठमाडौं । गत हप्तादेखि चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ।

    स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका सचिवालयले जनाएको छ ।

    बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।

    श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फार्क्सनु भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ।

    उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ुस्टेन्टु राखिएको समेत राखिएको थियो।

    बीआरएफमा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार