Online Nepal शुक्रबार, बैशाख २१ २०८१

इजरायलमा ज्यान गुमाएका मध्ये ४ नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

इजरायलमा ज्यान गुमाएका मध्ये ४ नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै


मध्यान्तर
  • शनिबार, कार्तिक ४ २०८०

  • काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका मध्ये ४ नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ ।

    तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका ४ शव नेपाल पठाउन लागेको जानकारी दिएको छ ।

    नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

    दूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि दूतावासले जनाएको छ ।

    यस्तै सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको जनाएको छ ।

    ल्

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार