Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ब्राजिलमा विमान दुर्घटनामा १२ को मृत्यु

ब्राजिलमा विमान दुर्घटनामा १२ को मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक १३ २०८०

  • काठमाडौँ । उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले बताएको छ ।

    दुर्घटनामा विमान चालक र सहचालकसहित ११ वयस्क र एक शिशुसहित सबै यात्रुको निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुको राष्ट्रियता पत्ता लागेको छैन ।

    यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् ।

    स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा शहरतर्फ गइरहेको थियो ।

    अल जजिराका अनुसार विमानमा आगो निस्कियो र पेरु तथा बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।

    दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया
    थप समाचार