Online Nepal आइतबार, जेष्ठ ६ २०८१

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनीको मृत्यु


मध्यान्तर
  • बुधबार, कार्तिक १५ २०८०

  • काठमाडौँ । वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनाको आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ।

    इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो। अन्य ६ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।

    आक्रमणका कारण शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्याम्पमा प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच झडप भएको हो।

    मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ।

    प्रतिक्रिया
    थप समाचार