Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जाजरकोटको अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे घाइतेहरूलाई

जाजरकोटको अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे घाइतेहरूलाई


मध्यान्तर
  • शनिबार, कार्तिक १८ २०८०

  • काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जाजरकोटमा पुगि भुकम्पमा परि  घाइते भएकाहरुलाई भेटेका छन् ।

    जाजरकोटको सदरमुकाम खलंगाको जिल्ला अस्पतालमा पुगेर शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् ।

    प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।

    जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति ११: ५० मा गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी दुई जिल्लामा १५०भन्दा बढीको मृत्यु भइसकेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार