Online Nepal शनिबार, बैशाख २२ २०८१

आइडिया स्टुडियोको चौथो सिजन सुरु, १५ सयभन्दा बढी आइडिया प्राप्त

आइडिया स्टुडियोको चौथो सिजन सुरु, १५ सयभन्दा बढी आइडिया प्राप्त


मध्यान्तर
  • बुधबार, भाद्र ४ २०७६

  • काठमाडौं । आइडिया स्टुडियो नेपालले हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलतासंग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उदेश्यले कार्यक्रम संचालन गर्दै आइरहेको छ । व्यक्तिको नविन र सकारात्मक सोचले नै नयाँ आवीश्कार हुन सक्छ र त्यसले समाज र राष्ट्रलाई नै महत्वपुर्ण योगदान पुग्न सक्छ भन्ने ध्येयका साथ यस अघि आइडिया स्टुडियोका तिनवटा सिजन सम्पन्न भइसकेको छ । सन् २०१४ बाट शुरु भएको कार्यक्रममा मुलुकभरबाट १५ सयभन्दा बढी आइडिया प्राप्त भइसकेको र ९० वटा भन्दा धेरै आइडियाहरुले सफलतापुर्वक व्यवसायिक बाटोमा यात्रा गरिरहेको आइडिया स्टुडियोले जनाएको छ ।

    यसै सन्दर्भमा आइडिया स्टुडियोको चौथो सिजन शुरु भएको हालै पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आइडिया स्टुडियो नेपालका चेयरपर्सन छिरिङ्ग लामाले धेरैको माया, सद्भाव, सुभावना र सहयोगले नै आइडिया स्टुडियोले सफलता हासिल गरेको बताए । उनले कुनै पनि व्यक्तिको सोचलाई उद्योग सम्म पुर्‍ याउने मुख्य नारा बोकेको आइडिया स्टुडियो सामाजिक न्यायको विषयमा सदैव सचेत रहेको उल्लेख गरे ।

    यस्तै आइडिया स्टुडियोको चौथो सिजनको सहयोगमा जुटेको डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ्गले उद्यमशिलता विकास र व्यवसायको विस्तार गर्ने क्रममा प्रकृति र पर्यावरण साथै पानीका स्रोतहरुलाई असर नपर्ने गरि गर्नुपर्ने बताए । यस्तै अर्का अतिथि, सिभिल बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आइडिया स्टुडियोसंगको सहकार्य एवम् सहयात्रा स्मरण गर्दै आगामी कार्ययोजनाका विषयमा समेत प्रकाश पारे ।
    कार्यक्रमको समापन सत्रमा बोल्दै आइडिया स्टुडियोको पहिलो सिजन देखिनै मिडिया पार्टनरको रुपमा रहेको मिटिङ्ग पोइन्टका प्रबन्ध निर्देशक शुरेश सिंखडाले आइडिया स्टुडियो शुरु गर्दाको अवस्थाका चुनौतीलाई स्मरण गराउँदै दृढतापुर्वक निरन्तर उदेश्यमुलक भएर अघि बढ्दै आज यो स्थान सम्म आइपुग्न सफल भएको बताए ।

    सो पत्रकार सम्मेलनमा मेगा बैँककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली लगायत अन्य विभिन्न क्षेत्र र विधाका चर्चित व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

    आइडिया स्टुडियोको यस सिजनका लागि व्यक्तिको सोचलाई उद्योगसम्म पु¥याउनका लागि आफ्नो आइडिया पठाउने मिति यहि श्रावण १६ गतेबाट भाद्र १४ गते सम्मका लागि तोकिएको छ । यो मितिभित्र पठाइने उद्योग व्यवसाय सम्बद्ध आइडिया हरुले आइडिया स्टुडियो सिजन ४ का लागि स्थान पाउनेछन । निर्धारित मितिभित्र पठाइएका आइडियाहरुले टेलिभिजन रियालिटि शोमा स्थान पाउनुका साथै तालिमको व्यवस्था र उत्कृष्ट ठहरिएका ४ आइडियाहरुले रु. ५ लाख बराबरको सिड इन्भेष्टमेन्ट समेत प्राप्त गर्नेछन ।

    प्रतिक्रिया
    थप समाचार