Online Nepal सोमबार, बैशाख १७ २०८१

विश्वकप क्रिकेट : आज भारत र अस्ट्रेलियाले खेल्दै

विश्वकप क्रिकेट : आज भारत र अस्ट्रेलियाले खेल्दै


मध्यान्तर
  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज भारत र अस्ट्रेलियाले खेल्दैछन् ।

    विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

    यता, अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

    फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार