Online Nepal शुक्रबार, बैशाख २८ २०८१

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक


मध्यान्तर
  • सोमबार, मंसिर ४ २०८०

  • काठमाडौँ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ ।

    आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुईजनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो ।

    ती दुई जनामध्ये एकजना नेपाली र अर्का एकजना थाइ नागरिक भएको उल्लेख गरिएको छ । तर उनीहरु को हुन् र अहिले कहाँ छन् भन्ने बारेमा केही खुलेको छैन । उनीहरूलाई घाइते अवस्थामा

    उक्त भिडियोमा हमासले एकजनालाई स्ट्रेचर र अर्का एकजनालाई घेरेर अस्पतालभित्र लगिएको देख्न सकिन्छ । उनीहरूलाई लगिएको अस्पताल गाजास्थित अल सिफा रहेको उल्लेख गरिएको छ ।

    गत असोज २० गते हमासले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणका क्रममा हमास समूहले नेपालका विपिन जोशीसहित विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई अपहरण गरेर बन्धक बनाएको छ । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार