Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आफूमाथि झुटो आरोप लगाउने स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

आफूमाथि झुटो आरोप लगाउने स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग


मध्यान्तर
  • आइतबार, मंसिर १० २०८०

  • काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले आफूमाथि झुटो आरोप लगाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

    आइतबार एक प्रेस वक्तव्य जारी गर्दै डा। केसीले मन्त्री जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले आफूमाथि कपोलकल्पित र झुटा आरोप लगाएको भन्दै उक्त आपत्तिजनक अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले स्वास्थ्य मन्त्री माफियाहरुको पक्षमा नग्न रुपमा वकालत गर्दै आइरहेकाले उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको वरखिलाफ हुने जिकिर गरेका छन् । डा। केसीले मन्त्री बस्नेत माफियाहरुको नाइके भएको आरोपसमेत लगाएका छन् ।

    ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,’ उनले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्य मन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको वरखिलाफ हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’

    स्वास्थ्यमन्त्री बस्नेतले हिजो शनिबारआफूमाथि झुटो आरोप लगाउने स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा। केसीको माग
    राष्ट्रिय ट्रमा सेन्टरले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा। केसी मेकिडल माफियाद्वारा सञ्चालित भएको आरोप लगाएका थिए ।

    मन्त्री बस्नेतले बेलाबेला अनशन बस्ने डा। केसीको कुराले देश र जनताको हित नगर्ने र मेडिकल गिरोहजस्ता गलत मान्छेको फन्दामा परेर उनले त्यसो गरिरहेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका थिए ।

    मन्त्रीको अभिव्यक्तिप्रति आलोचना गर्दै केसीले पदमुक्त गर्न माग गरेका हुन् ।

    उनले आफूहरु वर्षौंदेखि विपन्न वर्गदेखि लिएर सबै नेपालीको गुणस्तरीय, निःशुल्क, सस्तो सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच तथा, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सुशासनका लागि संघर्षरत रहेको जनाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार