Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका डाक्टरमाथी कुटपिट

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका डाक्टरमाथी कुटपिट


मध्यान्तर
  • बुधबार, मंसिर १३ २०८०

  • काठमाडौं । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ।

    अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो।

    मृतकका आफन्तको कुट‍पिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गएराती २ बजे ‍अस्पताल पुर्‍याइ उनलाई सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको अस्पतालले जनाएको छ।

    सुत्केरी गराउन आएकी एक महिलाको सुत्केरी भएको दुई दिनमा मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।

    गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो।

    उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो।

    उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ।

    अस्पतालमा तोडफोड भएपछि मृतकका आफन्त अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार