Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना


मध्यान्तर
  • बुधबार, मंसिर २० २०८०

  • काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

    उनी नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएको  विज्ञप्तिमार्फत् जनाएइको छ।

    हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको बताइएको छ।

    गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फेक्सन) भएको थियो। त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको ब्यहोरा जानकारीमा आएको मन्त्रालयले बताएको छ।

     

    प्रतिक्रिया
    थप समाचार