Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान पाउने

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान पाउने


मध्यान्तर
  • बुधबार, पुष ४ २०८०

  • काठमाडौं । सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    यस्तै सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । सरकारले रू। ५६५ प्रतिक्वीन्टल मूल्य तोकेको हो ।

    “कृषि तथा पशुपन्छी मन्त्रलायको प्रस्तावमा उखुको न्यनूतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले रू। ५६५ प्रतिक्वीन्टल दिनुपर्ने निर्णय भयो । र, उखु किसानलाई रू। ७० प्रतिक्वीन्टल सरकारले अनुदान दिने निर्णय भयो । यसरी किसानले प्रतिक्वीन्टल ६३५ रूपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् । खरिद मूल्य तोक्न ढिलाइ भएको थियो, त्यसबारे बैठक गरियो,” प्रवक्ता शर्माले भनिन् ।

    यस्तै बैठकमा सरकारको एक वर्षको सामान्य समीक्षासमेत भएको छ । त्यसमा मुख्य सचिव बैकुण्ठ अर्यालले काम गर्ने क्रममा विद्यमान ऐन, नियमावली तथा कानूनहरूको कारणले झेल्नुपर्ने समस्याबारे ब्रिफिङ्ग गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार