Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मंसिरमा घट्यो आयात र निर्यात

मंसिरमा घट्यो आयात र निर्यात


मध्यान्तर
  • आइतबार, पुष ८ २०८०

  • काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा देशको वस्तु आयात र निर्यात दुबै घटेको छ ।

    आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक वर्षको मंसिर महिनासम्म देशको आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घटेको हो ।

    त्यस्तै, मंसिर महिनासम्म देशको आयात ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.३९ प्रतिशतले कम हो ।

    त्यस्तै, पाँच महिनामा देशको वस्तु निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.०९ प्रतिशतले कमी हो ।

    प्रतिक्रिया
    थप समाचार