Online Nepal शुक्रबार, बैशाख २१ २०८१

‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प


मध्यान्तर
  • बुधबार, पुष २५ २०८०

  • काठमाडौं । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने भएको हो ।

    पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनीले जनाएको छ । स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ ।

    नेटा भि गाडिमा ८ वर्ष वा एक लाख ५० हजार किमीको वारेन्टि रहेको छ । जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भिको प्रयोग गर्न सक्नेछन् । नेटा भी हाल नयाँ ५० कि। वा। को एकलएफपी ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार