Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

विद्युत् प्राधिकरणले काटेको २३ वटा उद्योगमा लाइन जोडिदियो

विद्युत् प्राधिकरणले काटेको २३ वटा उद्योगमा लाइन जोडिदियो


मध्यान्तर
  • शनिबार, पुष २८ २०८०

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काटेको २३ वटा उद्योगमा लाइन जोडिदिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिएको छ।

    विगतमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरि चलाएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट उद्योगमा लाइन काट्न सुरु गरेको थियो।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो। त्यही बैठकले उद्योगमा लाइन जोड्ने निर्णय पनि गरेको थियो।

    शुक्रबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो।

    प्राधिकरणको रेकर्डअनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रूपैयाँ प्रिमियम महसुल लिन बाँकी छ।

     

    प्रतिक्रिया
    थप समाचार