Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर


मध्यान्तर
  • आइतबार, माघ ७ २०८०

  • काठमाडौं । पुर्व सांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो।
    आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो। विशेष अदालतका    उनीमाथि  ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि माघ २१ मा अर्को पेशी तोकिएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको यो मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ भएको थियो। विशेषले इच्छाराजलाई दोषी ठहर गरिसकेपछि अब सजाय निर्धारणका लागि अर्को पेशी तोकिने भएको छ।  उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो।

    यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो। तर छोरीहरू प्रतीक्षा र प्रतीष्ठाले भने सफाई पाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार