Online Nepal शुक्रबार, बैशाख २१ २०८१

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने


मध्यान्तर
  • शुक्रबार, माघ १९ २०८०

  • काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी एक्सटरको बुकिङ माघ १८ गतेदेखि खुल्ला भएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो प्रदर्शन गरिएको उक्त गाडिको बिहीबारदेखि बुकिङ खुला भएको हो ।

    हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो । एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ । यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ ।

    १.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरब्याग दिएको छ । हील एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ । ६ कलर अप्सनमा आउने एक्स्टर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जसको मूल्य क्रमश ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।

    लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार