Online Nepal शनिबार, साउन १२ २०८१

आगलागीमा परी एक महिलाको मृत्यु

आगलागीमा परी एक महिलाको मृत्यु


मध्यान्तर
  • आइतबार, फाल्गुन २० २०८०

  • काठमाडौँ। सुनसरीको इटहरीमा आगलागीमा परी महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको हो । स्थानीय विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको मृत्यु भएको हो ।

    कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी पहिलेदेखि नै डिप्रेसन ९मानसिक चिन्ता०सम्बन्धी औषधि सेवन गर्दै आएकी थिइन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार