Online Nepal शनिबार, जेष्ठ ५ २०८१

प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता वनेपामा हुँदै

प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता वनेपामा हुँदै

विजेताले रु ५०,००० प्रथम पुरस्कार रु ३०,००० द्धितिय पुरस्कार समेत पाउने


अरबिन्द्र गौतम
  • बुधबार, असोज ३ २०७५

  • काठमाडौं – काभ्रेपलान्चोक जिल्ला बनेपामा ‘बनेपा नगरपालिका प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । प्रतियोगिता बनेपा नगरपालिकाको मुख्य आयोजना तथा ५ नं. वडा कार्यालयको संयोजनमा हुन लागेको हो ।

    स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मुल नाराका साथ संचालन हुने उक्त प्रतियोगीतामा बनेपा नगरपालिकाभित्रका १४ वटा वडाहरुबीच प्रतिस्पर्धा हुने र प्रतियोगीता भव्य रुपमा सफल पार्न बनेपा नगरपालिका ५ नं. वडाका वडा अध्यक्ष बलराम अधिकारीको संयोजकत्वमा मूल संयोजन समिति गठन गरिएको छ ।

    मेयर कपमा १ वटा वडाबाट बढीमा २ टिम दर्ता गर्न पाउने संयोजन समितिले जानकारी दिए ।मेयर कप आउँदो २०७५ असोज १९ गते शुक्रबारदेखि नेपाल बनेपा पोलिटेक्निक इस्टिच्युटको खेल मैदान (चाईना टाउन)मा हुने । इच्छुक टिमले असोज १९ गते अगाडि नै प्रतियोगिता मुल संयोजन समितिसँग सम्पर्क गरी टिम दर्ता गर्न अव्हान गरेका छन् ।

    विजेता टिमले रु ५०,००० प्रथम पुरस्कार रु ३०,००० द्धितिय पुरस्कार समेत पाउने वताईएको छ ।

    प्रतिक्रिया
    थप समाचार