Online Nepal शनिबार, जेष्ठ ५ २०८१

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप


मध्यान्तर
  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले तेस्रो संस्करणको आरबीबीएल–इसान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

    राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको आज को फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्‍यो ।एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

    आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रो पटक हो । दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो ।

    सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेश्रो भयो । नेपाल बैंकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल गरे । नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पार्‍यो ।

     

    प्रतिक्रिया
    थप समाचार