Online Nepal बुधबार, जेष्ठ २ २०८१

फिफा विश्वकप-२०२६ छनोटमा आज नेपालले बहराइनविरुद्ध खेल्दै

फिफा विश्वकप-२०२६ छनोटमा आज नेपालले बहराइनविरुद्ध खेल्दै


मध्यान्तर
  • बिहिबार, चैत्र ८ २०८०

  • काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ ।

    बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो ।

    बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

    तालिकामा नेपाल अंकविहीन छ । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २-० को हार व्यहोरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार