Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल


मध्यान्तर
  • सोमबार, चैत्र १२ २०८०

  • काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिड्न लागेका हुन् ।

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव र सन्दिप जोरा छन् ।

    साथै अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

    प्रतिक्रिया
    थप समाचार