Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बिग ब्यास लिगमा सन्दीपको शानदार डेब्यू, दोस्रो बलमै लिए शेन वाट्सन विकेट

बिग ब्यास लिगमा सन्दीपको शानदार डेब्यू, दोस्रो बलमै लिए शेन वाट्सन विकेट


मध्यान्तर
  • शुक्रबार, पुष ६ २०७५

  • काठमाडौं । नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् । उनले क्रिकेट क्षेत्रमा कम समयमै अधिक चर्चा कमाउन सफल समेत बनेका छन् । यस्तै सन्दिपले बिग ब्यास लिगमा पनि डेब्यु गर्ने अवशर पाएका छन् । विहिबार मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन् ।

    मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । सन्दिपले मेलबर्नको विश्वासलाई पनि सजिलै जितेका छन् । उनले दास्रो बलमै शेन वाट्सनको विकेट लिए ।

    यस्तै सन्दिपले ओभरको अन्तिम बलमा क्यालम फर्गुसनको विकेट लिए । त्यसपछि आफ्नो तीन ओभरमा भने उनले विकेट लिन सकेनन् र समग्र चार ओभरमा ३६ रन खर्चिए ।

    यससंगै सन्दिपले प्रसंसा समेत बटुल्न ुफल बनेका छन् । खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले सन्दीपको खुलेर प्रशंसा गरेका थिए । उनले सन्दिपको प्रसंसा गर्दै आईपीलबाटै आफु सन्दीपबाट प्रभावित भएको बताए ।
    उनले भने ‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

    शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताएका छन् । क’नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छ ।’

    प्रतिक्रिया
    थप समाचार