Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बिग ब्यास लिग फेरी सन्दिपको धमाका, दोस्रो खेलमा पनि सन्दीपको शानदार प्रदर्शन

बिग ब्यास लिग फेरी सन्दिपको धमाका, दोस्रो खेलमा पनि सन्दीपको शानदार प्रदर्शन


मध्यान्तर
  • सोमबार, पुष ९ २०७५

  • एजेन्सी । नेपाली चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिग अन्र्तगतको आफ्नो दोस्रो खेलमा पुनः धमाका देखाएका छन् । पहिलो खेलमा नै शानदार प्रदर्शन देखाएर वाह वाहि बटुलेका सन्दिपले सोमबारको दोस्रो खेलमा शानदार प्रदर्शन गरेका छन् ।

    आजको खेलमा सन्दीपले होबार्ट हरिकेन्सबिरुद्ध ३ विकेट लिन सफल भएका हुन् । करिब ४ ओभर बलिङ गर्ने अवशर पाएका सन्दीपले मात्र २४ रन खर्चेर ३ विकेट लिएका हुन् । यस क्रममा उनले ९ डट बल दिएका थिए ।

    उनले म्याथ्यु वेड, बेन म्याकडर्मोट र एलेक्स डुलानलाई आफ्नो शिकार बनाए । पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए ।
    तीन विकेट लिए पनि सन्दीपले टोलीलाई लगातार दोस्रो हारबाट भने जोगाउन सकेनन् । हरिकेन्सले स्टार्सलाई ६ विकेटले पराजित गर्यो ।

    पहिलो ब्याटिङ गर्दै स्टार्सले प्रस्तुत गरेको १५६ रनको लक्ष्य हरिकेन्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पछ्यायो ।

    प्रतिक्रिया
    थप समाचार