Online Nepal मंगलबार, बैशाख ११ २०८१

`फिफा द वेस्ट अवार्ड’ लियोनल मेस्सीलाई

`फिफा द वेस्ट अवार्ड’ लियोनल मेस्सीलाई


मध्यान्तर
  • मंगलबार, फाल्गुन १६ २०७९

  • काठमाडौं । फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेका छन् ।
    पेरिसमा आज विहान भएको एक समारोहमा उनले प्रतिद्वन्दीहरु फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन् ।

    ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधी दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीनजनाको नाम तय गरिएको थियो ।

    सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो । सन् २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एकपटक मात्र असफल भएका खेलाडी हुन् । यी तीनमध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले ‘द वेष्ट फिफा अवार्ड’ जितिसकेका छन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार