Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपालको साफ च्याम्पियनसिपको यात्रा टुङ्गियो, माल्दिभ्ससँग ३–० को अन्तरले पराजित

नेपालको साफ च्याम्पियनसिपको यात्रा टुङ्गियो, माल्दिभ्ससँग ३–० को अन्तरले पराजित


मध्यान्तर
  • बुधबार, भाद्र २७ २०७५

  • काठमाडौं । नेपाल माल्दिभ्ससँग ३–० को अन्तरले पराजित भएपछि साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

    त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपाल ३–० को अन्तरमा खुम्चिनु पर्यो ।

    माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको छ । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने थियो । यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २–१ गोलले हारेको थियो भने भुटानलाई ४–० र बंगलादेशलाई २–० गोलले हराएको थियो ।

    प्रतिक्रिया
    थप समाचार