काठमाडौँ । सर्वाच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुपर्ने कारण २४ घण्टाभित्र पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ ।
बुधबार प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । साथै, सर्वोच्चले प्रसाईंको अनुसन्धान फाइल समेत सुनुवाइका लागि पेस गर्न आदेशमा भनेको छ ।
अधिवक्ता आशिष लुइँटेलले प्रसाईंका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगञ्जबाट पक्राउ गरेको थियो ।