Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मोरङमा प्रधानाध्यापकको गोलि हानी हत्या

मोरङमा प्रधानाध्यापकको गोलि हानी हत्या


मध्यान्तर
  • मंगलबार, मंसिर २३ २०७७

  • काठमाडौं । मोरङको मिक्लाजुङ गाँउपालिकामा एक प्रधानाध्यापक गोली हानी हत्या भएको छ ।

    गाँउपालिकाको वडा नम्बर १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।  परिवारले बिहान झण्डै ५ बजे अज्ञात समूहमा आएका ५ जनाले प्रधानाध्यापक श्रेष्ठलाई घरबाटै काम छ भनेर लिएर गएको जानकारी दिएका थिए।

    केही समयमा गाँउमा हो–हल्ला भएपछि स्थानीय र घरका सदस्यहरुले खोजी गर्दा श्रेष्ठको शव सेलेलेङ र बर्खेको सीमा क्षेत्रमा पर्ने जङलमा फेला परेको आचा। मृतक श्रेष्ठ स्थानीय बासिन्दा हुन्। उनी विद्यालयको काम बाहेक व्यवसायिक कृषि गर्थे।

    घटनास्थल घरबाट झण्डै १ किलोमिटरको दूरीमा रहेको छ। उनलाई बिहान ७ बजेतीर गोलि हानिएको हुनसक्ने प्रहरीले जनाएको छ।

    घटनाबारे जानकारी पाएको मोरङ प्रहरीको टोली, लेटाङ नगरपालिका र उर्लाबारीबाट प्रहरीको त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। प्रहरी घटनास्थल नपुगिसकेकोले धेरै कुरा खुलिनसकेको उनले बताए।

    यसअघि पनि मिक्लाजुङ क्षेत्रमा नेत्र विक्रम चन्द विप्लव समूह सम्बन्धित विभिन्न घटना हुने गरेको स्थानीयले बताएका छन्।

    प्रतिक्रिया
    थप समाचार