Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कलङ्कीमा भएको ट्रक दुर्घटनामा घाइते भएका थप दुई जनाको मृत्यु

कलङ्कीमा भएको ट्रक दुर्घटनामा घाइते भएका थप दुई जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, मंसिर २७ २०७७

  • काठमाडौं ।  शुक्रबार साँझ काठमाडौँको कलङ्कीमा भएको ट्रक दुर्घटनामा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ ।

    शनिबार बिहान घटनास्थलबाट ट्रक निकाल्ने क्रममा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेलको शव ट्रकमा च्यापिएको अवस्थामा भेटिएको छ । दुर्घटनामा घाइते भएका रञ्जितकुमार चौधरीको भने उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ । हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश न.२–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीलाइ ठक्कर दिनुका साथै कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो  ।

     

    प्रतिक्रिया
    थप समाचार