Online Nepal सोमबार, बैशाख ३१ २०८१

धनुषामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु

धनुषामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु


मध्यान्तर
  • शुक्रबार, जेष्ठ २८ २०७८

  • काठमाडौं  । धनुषामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ  । जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको शुक्रबार पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

    प्रतिक्रिया
    थप समाचार