Online Nepal शुक्रबार, चैत्र १६ २०८०

शिवम् सिमेन्ट मोवाइल एप्लिकेशनबाटै खरिद गर्न सकिने

शिवम् सिमेन्ट मोवाइल एप्लिकेशनबाटै खरिद गर्न सकिने


मध्यान्तर
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं ।  शिवम् सिमेन्टले उपभोक्तालाई मोवाइल एप्लिकेशनबाटै सिमेन्ट खरिद गर्न सकिने फरक शैली अपनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने अहिलेको विषयम परिस्थितिमा मोवाइल एपबाटै सिमेन्ट खरीद गर्न सकिने सुविधा सुरु गरेको हो ।

    मोवाइल एपबाटै सिमेन्ट खरीद गर्न सकिने शिवमको यो बिधि सिमेन्ट क्षेत्रमै पहिलो हो । ‘अहिलेको विषम परिस्थितिमा आफूले रुचाएको सिमेन्ट ब्राण्ड खरीद गर्न असहज नहोस भनेर डिजिटल प्रविधिमार्फत सेवा दिएका छौं, शिवम् को भनाई छ ।

    सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम पुरस्कारबाट पुरस्कृत शिवम् सिमेन्ट कम्पनीले जनताको स्वास्थ्य सुरक्षामा पनि सहयोग पुगोस र मुलुकको निर्माण कार्यले पनि निरन्तरता पाओस भनेर एपमार्फत सिमेन्ट खरीद गर्न सकिने प्रवन्ध गरिएको जानकारी दिएको छ ।

    एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी भइरहेको कम्पनीको भनाई छ । यस एपभित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित हुनसक्नेछन् ।

    ‘क्वालिटिको मामलामा नो कम्प्रोमाइज’ नाराका साथ शिवम्ले ओपीसी सिमेन्ट उत्पादन गरी ठूला निर्माण आयोजनाहरुलाई सिमेन्ट आपूर्ति गर्दै आएको छ । गुणस्तर नै आफ्नो पहिचान भएको र गुणस्तरमा सम्झौता नगर्ने भएकाले शिवम्प्रति उपभोक्ताको विश्वास कायम हुन सकेको भन्दै कम्पनीले बिक्री पछिको प्राविधिक सेवाको कारणले आफू पहिलो स्थानमा रहन सफल भएको जनाएको छ ।

    सन् २००९ मा स्थापित हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी गुणस्तरीय क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

    एनएस आईओएस सर्टिफिकेट्स, आईएसओ, आईएसआई, बीआईएस सर्टिफिकेशन प्रमाणित शिवम्ले भारतको गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रियस्तरको आईएसआई प्रमाणपत्र प्राप्तगरी सम्मानित भएको हो ।  उक्त प्रमाणपत्रका आधारमा शिवम् सिमेण्ट भारतमा पनि निर्यात गर्न योग्य बनेको छ ।

    शिवम् सिमेन्टले घर तथा भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोलीमार्फत  विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा पनि निःशुल्क रुपमा प्रदान गर्ने गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियान सञ्चालन गर्ने गरेको कम्पनीको भनाई छ ।

    शिवम् को प्राविधिक टोलीले सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थको परीक्षण गर्ने, निर्माण कार्यबारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सही तरिकाबारे जानकारी दिने जस्ता काम गर्छ । शिवम् को ‘निर्माण विज्ञ परामर्श’ सेवाका लागि टोल फ्रि नं. १६६००१२३३२१ वा ९८०१५७५५७५ मा फोन गर्नुपर्ने हुन्छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत शिवम् ले स्वास्थ्यचौकीलाई एम्बुलेन्स दिनेदेखि सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय तथा स्वास्थ्य चौकी संचालनमा सहयोग, वातावरण व्यस्थापन, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार