Online Nepal बुधबार, जेष्ठ २ २०८१

सुरक्षा निकायमा कोरोना संक्रमण बढ्दै, गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालमा कोरोना संक्रमण

सुरक्षा निकायमा कोरोना संक्रमण बढ्दै, गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालमा कोरोना संक्रमण


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र २१ २०७७

  • पोखरा । पछिल्लो समय सुरक्षा निकायमा कोरोना संक्रमण तिब्र हुँदै गएको छ । २१ सय भन्दा बढी प्रहरीमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । सुरक्षा सर्तकता अपनाउँदा अपनाउँदै पनि प्रहरीमा जवान देखि प्रहरी नायब महानिरीक्षक (डिआइजी)सम्म कोरोना संक्रमण भएको छ ।

    यसै क्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा डिआइजीअर्यालमा आज (आइतबार) बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

    नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ । एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

    प्रतिक्रिया
    थप समाचार